ठूला भ्रष्टाचारका काण्डहमा ठूलै नेताहरुको हात छ : डा. शेखर कोईराला – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

ठूला भ्रष्टाचारका काण्डहमा ठूलै नेताहरुको हात छ : डा. शेखर कोईराला

फिदिम । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले ठूलो भ्रष्टाचारका काण्डहमा ठूलै नेताहरुको हात रहेको दावी गरेका छन् । नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोईरालाले भ्रष्टाचारको काण्डमा नेताहरुको नाम मुछिएपछि ढाकछोप गरिएको बताए ।

‘सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो,’ कोईरालाले भने ‘एनसेल खरिद बिक्रि काण्डमा पनि त्यस्तै भएको छ ।’ देशमा दलका नेता, व्यापारी र कर्मचारीहरु मिलेर ठूला ठूला भ्रष्टाचार गरेको कोईरालाले उल्लेख गरे ।

पत्रकारसँग कुरा गर्दै उनले अहिलेको सरकारले देशलाई निकाश दिन नसक्ने बताए । देशलाई निकाश दिन प्रधानमन्त्री परिवर्तन गर्न कोशिस भईरहेको कोईरालाको भनाई थियो ।

अहिलेको सरकाले देशलाई बरवाद गरेको उनले जिकिर गरे । ‘देशलाई बचाउन सरकार परिवर्तन अपरिहार्य भईसक्यो,’ उनले भने ‘संसदीय व्यवस्थामा गणितको खेल हुन्छ । राम्रो सरकार निर्माणका लागि हामी पहल गरिरहेका छौँ ।’

देशको अर्थतन्त्र डामाडोल भएको उल्लेख गर्दै उनले बैंकहरु पनि मिटरव्याजी भएको उल्लेख गरे । उद्योगी र बैंकर्ष एउटै व्यक्ति हुनु नहुने कोईरालाले बताए ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष १२, १८: २०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष १२, १८: २०

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष १२, १८: २०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...