काठमाडौं । नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतले उपभोक्ताहरु मार्फत् सञ्चालन हुने आयोजनाहरुको काम छिटो र छरितो रूपमा गर्न निर्देशन दिएका छन् ।
उपभोक्ता समितिहरुका पदाधिकारीहरु अध्यक्ष, कोषाध्यक्ष, सचिव र सम्बन्धित वडाका वडाध्यक्ष तथा वडा सचिवहरुका लागि आयोजित एक दिने अभिमुखीकरण कार्यक्रममा यस्तो निर्देशन दिएका हुन् ।
उक्त कार्यक्रममा नगर प्रमुखले ठूलो लागतका विकास निर्माणका कार्यहरु टेण्डर मार्फत् सञ्चालन गर्दा लागत कम पर्ने र थोरै लागतका विकासका कार्यहरु उपभोक्ता समिति मार्फत गराउँदा सहज हुने बताए ।
नगरलाई सम्पन्न बनाइ छाड्ने दृढता प्रकट गर्दै विकास निर्माणका कार्य गर्दा आर्थिक नियमितता र पारदर्शितालाई विशेष ध्यान दिइएको कुरा व्यक्त गरे ।
बेरोजगार युवालाई विना धितो एवं न्युनतम ब्याजमा कर्जा उपलब्ध गराई स्वरोजगार बनाउने लगायत विभिन्न योजना तथा कार्यक्रमहरु ल्याइरहेको तर त्यसको वितरण तथा व्यवस्थापन कार्यमा कुनै पनि वित्तिय संस्थाहरूबाट सहयोग एवं सहभागिता प्राप्त नभएको गुनासो सुनाए ।
कार्यक्रममा नगर उप–प्रमुख सुशिला अधिकारी, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, उपभोक्ता समितिका पदाधिकारीहरू वडा सचिवहरू, नगरपालिकाका इञ्जिनियरहरू तथा अधिकृत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...