बुटवल । साउदी जान पाल्पाका विक्रम पंगेनी विमानस्थलबाटै
सम्पर्कविहीन भएका छन् ।
पूर्वखोला गाउँपालकिा १ माझकोटका २३ वर्षीय विक्रम साउदी अरब जान भनी पुस तीन गते मंगलबार घरबाट काठमाडौं पुगेपछि सम्पर्कविहीन भएका हुन् ।
११ दिनसम्म छोरा सम्पर्कमा नआएपछि विक्रमका बुबा जगन्नाथ पंगेनीले सम्बन्धित निकायसँग खोजीका निम्ति अपिल गरेका छन् । रोजगारीको सिलसिलामा साउदी अरब गएका विक्रम ४५ दिनको बिदामा घरमा आएका थिए ।
फ्लाई दुवईमार्फत २२ डिसेम्बर २०२३ (पुस ६ गते० ००ः४५ मा काठमाडौंबाट उडेर दुवई हुँदै ९ः०० बजे रियाद पुग्ने जहाजको टिकट काटेको विक्रमका दाजु सागर पंगेनीले बताए ।
शुक्रबार साँझ त्रिभुवन विमानस्थलभित्र प्रवेश गरी आफूले सामान चेकजाँच गराए भनी फोन गरेका विक्रम त्यसपछि सम्पर्कमा नआएको सागरले बताए । विक्रमले चलाउने मोबाइल नम्बरमा पठाएका कुनै पनि म्यासेजको जवाफ नआएको सागरले बताए ।
भाइ विक्रमको खोजी गरिदिन सोमबार इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएको तर अहिलेसम्म कुनै प्रगति नदेखिएको सागरले बताए ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...