भक्तपुर । भक्तपुरमा भएको ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित सम्पदा पदयात्रा शनिबार भव्य सम्पन्न भएको छ । भक्तपुर नपाले योमरी पुन्हीको अवसर पारेर नगरका विभिन्न क्षेत्रमा रहेका बहाबहीहरु अवलोकन गराउने उद्देश्यले योमरी उत्सव र सम्पदा पदयात्राको आयोजना गरेको हो ।
संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पदा पदयात्राको समापन कार्यक्रम सम्पन्न गरेको हो । टौमढीबाट सुरुभएको पदयात्रामा जनप्रतिनिधिहरु, कर्मचारी, विद्यालयका शिक्षक, बहाबहीका प्रतिनिधिहरु, स्वयम्सेवक, संघ संस्थाका प्रतिनिधि, खेलकुद समिति, गुँला बाजा समूह, नगरबासीहरुलगायतको
सहभागितामा गोल्मढीको यातामा पुगी सम्पन्न भएको थियो । सम्पदा पदयात्रा अखण्डशील महाविहार (बुलुचा), जेतवर्ण (तेखाचो), बौद्ध समंकृत (कुथुबही), जयकिर्ति (थथुबही), जेष्ठवर्ण (इताछेँ), लोकेश्वर (कुश्क्व), चर्तुब्रम्ह (साकोथा), यालाछेँ बही (यालाछेँ), सुवर्ण (सुकुलढोका), मन्जुवर्ण (बेखाल),
प्रशन्नशील महाविहार (क्वाठण्डौं), दिपंकर (क्वाठण्डौं), कुलरत्न (क्वाठण्डौं), धर्मकिर्ति (क्वाठण्डौं), आदिपद्य (सूर्यमढी), खुसीबह (खोह्रे), मुनिबिहार (खँचा), इन्द्रवर्ण (इनाचो), झौरबही (गोल्मढी) हुँदै भनपा वडा नं. ७ यातामा पुगी समापन भएको थियो ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...