काठमाडौं । नेपाल सरकारले बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई राहत स्वरुप १०–१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
शुक्रबार ललितपुरमा भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेख सुजन रावतको मृत्यु भएको थियो । शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
गोली चलाउन आदेश दिने प्रमुख जिल्ला अधिकारी, डिएसपी र मन्त्री ज्वालाको पीएसओलाई निलम्बन गरेको छ । सरकारले यो घटनालाई गम्भीरतापूर्वक लिएको बताउँदै छानबिन प्रक्रियालाई अघि बढाइएको संचारमन्त्रीले बताइन् ।
शुक्रबार ललितपुरको बालकुमारीमा कोरियामा कामदारका लागि जान लिने भाषा परीक्षाको फारम भर्न नपाएका युवाहरुको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो ।
Gransino puts live dealer tables next to a catalogue of 9,000 games and a sportsbook, so you can move between...
Wondering what to sort out before you put money in? BetBlast is an online casino and sportsbook run by EOD...
InstaSpin runs a casino and a sportsbook on one account with 3,793 games, and it takes Bitcoin, Ethereum, Tether, Visa,...