तोसिमा कार्कीको अभिव्यक्ति प्रति प्रधानमन्त्रीको सचिवालयले गरायो ध्यानाकर्षण – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

तोसिमा कार्कीको अभिव्यक्ति प्रति प्रधानमन्त्रीको सचिवालयले गरायो ध्यानाकर्षण

काठमाडौं । रास्वपा सांसद डा. तोसिमा कार्की फेरि विवादमा तानिएकी छन् । सांसद कार्कीले शान्ति प्रक्रिया विपरित गतिविधि गरेको भन्दै माओवादी केन्द्रका नेता कार्यकर्ताले आपत्ति जनाएका छन् । शनिवार बालकुमारी हत्याण्डविरुद्धको आन्दोलनमा सहभागी हुने क्रममा १७ हजार प्लस २ को हत्या गरेको प्लेकार्ड बोक्दै प्रधानमन्त्रीलाई अब पुगेन ? भन्ने प्रश्न सांसद कार्कीले गरेकी थिइन् ।

माओवादीका नेता हिमाल शर्माले कार्कीको अराजनैतिक हर्कत अब नसहने चेतावनी दिए । उनले फेशबुकमा लेखेका छन्, तिमीले रजगज गरेको वर्तमान ब्यवस्था तिमी जस्ता उत्ताउलाहरु भुकेर प्राप्त भएको कदापी होईन । बरु जनयुद्ध र जनआन्दोलनका उच्च बलिदानी संघर्षले संभव भएको हो भन्ने कुरा तिमीजस्तालाई के थाहा । बालकुमारीमा नहुनु पर्ने दुखद घटना भएको छ ।

हामीलाई पनि पिडा छ । राज्य गम्भिर बन्नु पर्दछ। उनले कसैको लासमाथि टेकेर राजनीतिमा आफ्नो अभिष्ट पुरा गर्ने सपना आग्रह गरेका छन् । अर्का नेता रामप्रसाद सापकोटाले पनि काकीको आलोचना गरेका छन् ।

उनले भनेका छन्, नयाँ भनिएकी, युवा भनिएकी, पढिएकी र जान्ने भनिएकी, यिनले यो के गर्दैछिन् ? यिनी सांसद पनि हुन् क्या र ? यता प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले कार्कीका गतिविधि नियन्त्रण गर्न संघीय संसदलाई सुभावसहितको ध्यनाकर्षण गराएका छन् ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष १५, १०: १०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष १५, १०: १०

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष १५, १०: १०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...