सबै नगरवासीको घरघरमा स्वच्छ खानेपानी पु¥याउछौं: मेयर बस्नेत – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सबै नगरवासीको घरघरमा स्वच्छ खानेपानी पु¥याउछौं: मेयर बस्नेत

काठमाडौं । काठमाडौं जिल्लाको उत्तर पश्चिम भेगका ५ वटा गाउँ विकास समिति –इचङ्गु, सीतापाइला, रामकोट, भीमढुंगा, स्युचाटार) लाई समेटेर निर्माण गरिएको नागार्जुन नगरपालिकाका सबै वडाहरुका घरघरमा पानी पु¥याउने लक्ष्यअनुसार यस वर्ष पनि नगरपालिकाले पानी वितरण तथा उत्पादनका लागि विशेषरुपमा रकम विनीयोजन गरेको छ ।

जसअनुसार नागार्जुन नगरापालिका वार्ड नं ७ स्थित किम्सीमा नागार्जुन नगरपालिका र जिल्ला समन्वय समितिको संयुक्त समन्वयमा करिब ८ करोडको लागतमा स्वच्छ खानेपानीको डीप बोरिङको एक समारोहबीच शुभारम्भ गरिएको छ । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले डीप बोरिङमा पूजाआजा तथा पुरोहितले स्वस्तिक वाचन पाठ गरेर उक्त खानेपानीको शुभारम्भ गरेका छन् ।

स्यूचाटार खानेपानी तथा उपभोक्ता समितिले हाल १२ सय घरधुरीलाई खानेपानी उपलब्ध गराउँदै आएको हुँदा यो डीप बोरिङ सम्पन्न पश्चात थप ८ सय घरधुरीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सकिने कुरा मेयर मोहनबहादुर बस्नेतले बताए । त्यसैगरी बस्नेतले नागार्जुन नगरपालिकाले नगरबासीहरुलाई घरघरमा खानेपानी उपलब्ध गराउने प्रमुख दायित्व बोकेको हुँदा सबै नगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन वडा वडामा रकम विनियोजन

गरिएको र यस वडा अन्तर्गत स्यूचाटार खानेपानी तथा उपभोक्ता समितिलाई नगरपालिकाले तीन करोड र जिल्ला समन्वय समिति काठमाडौंले पाँच करोड रकम विनियोजन गरेकोले यो डीप बोरिङ शुभारम्भ गर्न पाएकोमा खुसी व्यक्त गरे । उक्त डीप बोरिङ सम्पन्न गर्ने कार्यका लागि भिजन डोलेश्वर जे भी कम्पनीले रु. ७ करोड ४१ लाख ९९ हजार २ सय ९२ रुपैयाँ ४१ पैसा (भ्याटसहित)को टेण्डर बिड गरेको हुँदा उक्त कार्य सुरु भएको हो ।

उक्त डीप बोरिङले यही महिनाको अन्त्यसम्म कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको कुरा स्युचाटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बच्चु केसीले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी, समाजसेवी रीता ढकाल दवाडी, धर्मराज गौतम, शैलेश कर्माचार्य, श्यामकृष्ण खड्का, शिवजी भट्टराई, रामेश्वर भट्टराईलगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो भने

जनप्रतिनिधिहरुमा नागार्जुन नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष शैलेन्द्र लामा वडा नं. ९ का वडाध्यक्ष रामकृष्ण भट्टराई, वडा नं. १० का वडाध्यक्ष सुन्दरबहादुर केसी, पूर्व जनप्रतिनिधिहरुमा रमेशप्रसाद गौतम, राजेन्द्रप्रसाद बुढाकोथी, स्युचाटार खानेपानी तथा उपभोक्त समितिका आर्थिक समिति पूर्व संयोजक रामेश्वरप्रसाद गौतम, समाजसेवी विश्वकर लामा, अर्जुनप्रसाद गौतम, माधवप्रसाद गौतम,

पर्शुराम गौतम, उद्धवप्रसाद गौतम, गोपालप्रसाद गौतम, संगिता पौडेल, कुमारप्रसाद दुवाडी, श्रीकृष्ण बुढाथोकी, शिव बुढाथोकी, सोमेन्द्र झा, लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । डीप बोरिङ शुभारम्भ कार्यक्रममा पानीको मुहानमा पूजा तथा स्वस्तिक वाचन पुरोहित उज्वल दुवाडीले गरेका थिए ।

– नयाँ विकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष १६, ०७: ३०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष १६, ०७: ३०

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष १६, ०७: ३०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...