काठमाडौं । ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान गएको घटनामा मृतकका परिवार र सरकारबीच चार बुँदे सहमति भएको छ । कोरिया भाषा परीक्षा विवादमा उत्रिएका युवामाथि उक्त घटनामा प्रहरीले गोली चलाएको थियो ।
गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो । आज पीडित परिवार र गृहमन्त्रालयका प्रतिनिधिबीच चार बुँदे सहमति भएको हो । सहमतिमा पीडित परिवारलाई रोजगारी दिनेदेखि मृतकलाई सहिद घोषणा गर्न पहल गर्नेसम्मका बुँदाहरु समावेश गरेका छन् ।
भाषा परीक्षा विवादमा प्रदर्शन भइरहँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सोही बाटो आएपछि घटनाले उग्र रुप लिएको थियो । प्रर्दशनकारीहरुले मन्त्रीको गाडीमा समेत आगजानी गरेका थिए ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजै बसेको बैठकलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले समेत मन्त्री ज्वालाका कारण घटना घटेको दाबी गरेका छन् । मन्त्री ज्वालाको राजीनामासमेत मागिएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...