काठमाडौं । लोकतन्त्रको विकल्प लोकतन्त्रनै भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।
आज राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयास भएपनि त्यो सफल हुन नसक्ने बताए ।
लोकन्त्रका पक्षमा सबै दल र नेताहरु एक रहेको भन्दै व्यवस्थाको रक्षाका लागि सबै दल एक ठाउँमा आउँनु पर्नेमा जोड दिए ।
देउवाले भने, ‘अनेकौं किसिमका वहाना खोज्नेहरु, जुन लोकतान्त्रिक गणतन्त्र आएको छ त्यसको खिलाफमा वातावरण बनाउने प्रयास भएको छ ।’ उनले भने, ‘लोकतन्त्रकको विकल्प भनेको अझ यसलाई राम्रो बनाउने हो । गणतन्त्रको विकल्प खोज्ने कुरा हुनै नसक्ने कुरा हो । यसमा हामी सबै एक हुनुपर्छ, एक छौं पनि ।’
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...