संयुक्त आयोगको सातौं बैठक फलदायी र व्याापक : विदेशमन्त्री जयशंकर – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

संयुक्त आयोगको सातौं बैठक फलदायी र व्याापक : विदेशमन्त्री जयशंकर

काठमाडौं । नेपाल र भारतकाे परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक भारतिय विदेशमन्त्री एस जयशंकरले फलदायी र व्याापक भएको बताएका छन् ।

बिहिवार (आज) काठमाडौं आएका विदेशमन्त्री जयशंकरले सिंहदरवारमा सम्पन्न संयुक्त आयोगको सातौं बैठक फलदायी भएको बताएका हुन् ।

भारतीय विदेशमन्त्री जयशंकरले समग्र द्विपक्षीय सम्बन्ध, आर्थिक र व्यापार, भूमि, रेल, हवाई, कनेक्टिभिटि परियोजनाहरु, सुरक्षामा सहयोग, कृषि, उर्जा, जलस्रोत, विपद् व्यवस्थापन, पर्यटन र नागरिक उड्डयन तथा सास्कृतिक लगायतका बिषयमा छलफल र साझेदारी भएको बताएका छन् ।

आजको उक्त बैठकमा नेपाल र भारतबीच चार वटा सहमतिमा हस्ताक्षरसमेत भएको छ । उर्जा व्यापार सम्झौतासहितका चार वटा सहमतिमा हस्ताक्षर भएको हो ।

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री जयशंकरको उपस्थितिमा उर्जा व्यापारमा सम्झौता भएको छ । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने, नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने, नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीर न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्ने र हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयनमा हस्ताक्षर भएको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष १९, १७: ३७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष १९, १७: ३७

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष १९, १७: ३७

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...