अमिल्दो ऐन संशोधन गर्न पार्टी प्यालेस व्यवसायीको माग – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

अमिल्दो ऐन संशोधन गर्न पार्टी प्यालेस व्यवसायीको माग

ललितपुर । पार्टी प्यालेस र क्याटरिङ व्यवसाय सञ्चालनमा अवरोध पु¥याउने विभिन्न ऐनकानून, नीतिहरु संशोधन गर्न सम्बद्ध व्यवसायीहरुले माग गरेका छन् । विहीबार ललितपुरमा सम्पन्न नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको सातौं वार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशनको उद्घाटन सत्रमा उनीहरुले यस्तो माग गरेका हुन् ।

अर्थतन्त्र चलायमान बनाउनुपर्ने आवयकतालाई पुरा गर्न सो व्यवसायबारे सरकारले लिने निर्णय, कानूनहरु परिमार्जन गर्नुपर्ने भनाइ छ । सभाको उद्घाटन गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पार्टी प्यालेस व्यवसाय राम्ररी सञ्चालन गर्न अवरोध हुने ऐन, नियमलाई पुनरावलोकन गर्न सरकार तयार रहेको बताए ।

मन्त्री गुरुङले करोडौं लगानी गरेर सञ्चालित व्यवसायको उत्थानको लागि सोही अनुरुप कानून बनाउने पनि प्रतिबद्धता व्यक्त गरे । महासंघका अध्यक्ष लिलाबहादुर जिसीले पार्टी प्यालेस व्यवसायलाई निर्देशित गर्ने ऐनको खाँचो रहेको औल्याए ।

लगानी, रोजगारी, सेवा प्रवाहको आधारमा पार्टी प्यालेसको वर्गीकरण गर्नुपर्नेमा जोड दिदै सामाजिक व्यवहार सुधार ऐन २०३३ पार्टी प्यालेस सञ्चालनमा तगारो रहेको बताउँदै त्यसलाई समयसापेक्ष बनाउनुपर्ने औल्याए ।

महासंघका महासचिव उत्तमप्रकाश शर्मा, ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले धारणा राखेका थिए । ललितपुर क्याटरिङ, रेण्टल तथा पार्टी प्यालेस संघलाई कार्यक्रममा प्रंशसापत्र प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष १९, २१: २७

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष १९, २१: २७

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० पुष १९, २१: २७

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...