फोनबाट धम्की दिएर लाखौं असुली गर्ने व्यक्ति पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

फोनबाट धम्की दिएर लाखौं असुली गर्ने व्यक्ति पक्राउ

रौतहट । एक व्यापारीलाई पटकपटक फोनबाट धम्की दिएर रकम मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

व्यापारीलाइ फोन गरेर ५ लाख ५० लाख रकम माग्ने र रकम नदिए छोराछोरीलाई अपहरण गर्ने धम्की दिनेलाइ प्रहरीले पक्राउ गरेको हो । बिहीबार पत्रकार सम्मलेन गरी प्रहरीले सार्वजनिक गरेको हो ।

नायव उपरीक्षक एलिजा गिरीले मोबाईल नम्बर ९८०१५७७५१० बाट पटक पटक फोन गरी रकम माग्ने आरोपमा फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ८ निवासी भैयाराम साहको ३४ वर्षीय छोरा भगवान साहलाई सार्वजनिक गरेको हो ।

व्यापारीको नाम भने गोप्य राखिएको प्रहरी नायव उपरीक्षक गिरीले बताए । पीडि़तले दिएको सुचनाको आधारमा अनुसन्धान गर्दै जादा मोबाईल नम्बर प्रयोग गरेको सिमकार्डको आधारमा साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेका अन्य व्यक्तिको विषयमा खोजतलाश जारी रहेको तथा पक्राउ परेका साहलाइ आपराधिक लाभ लिने कसूर अपराधमा कानुनी कारबाहीको प्रक्रिया अगाडी बढ़ाइएको जानकारी दिएका छन

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष १९, २२: ३८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष १९, २२: ३८

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष १९, २२: ३८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...