
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम सुनसहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा श्रीलङ्काकी कान्थीमाथी काभास्कर रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार फ्लाइ दुबईबाट आएकी ती महिलाले लगाएको भित्रिबस्त्रमा प्लास्टिकले बेरेको अर्धठोस अवस्थामा दुई पोकामा एक किलो तीन सय ग्राम सुन बरामद गरिएको छ ।
दुबईबाट आएकी ती महिलालाई शनिवार राति करिब १२ बजे पक्राउ गरिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...