
काठमाडौँ । किसानले पाउनुपर्ने रकम कति छ भन्ने वास्तविक तथ्याङ्क भने सरकारी निकायसँग छैन । पछिल्लो समय किसानले दुध बिक्री गरेबापत रकम भुक्तानी पाउन सकेका छैनन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उद्योगी र किसानसँग आफ्नो प्रत्यक्ष सम्पर्क नहुँदा तथ्याङ्क नभएको जनाएको छ । ‘निजी क्षेत्रको सम्पर्क हामीसँग सिधै हुँदैन,’ मन्त्रालयकी सूचना अधिकारी सबनम सिवकोटी अर्यालले भनिन्, ‘त्यसकारण तथ्याङ्क छैन, उत्पादनमा ठुलै उतारचढाव भएमा मात्रै आइपुग्छ, अनुमानित रकममात्रै छ ।’
मन्त्रालयका सहसचिव सूर्य प्रसाद पौडेलका अनुसार हाल दुधको मूल्य प्रतिलिटर ७० रुपैयाँ छ । हाल डीडीसी र निजी क्षेत्रका डेरी उद्योगले करिब १ सय देखि १ सय २० दिनको दुधको रकम भुक्तानी गर्न बाँकी छ । औसतमा १ सय १० दिनको दुधको रकम भुक्तानी गर्न बाँकी देखिन्छ । दुग्ध विकास संस्थान (डीडीसी) र निजी क्षेत्रका डेरी उद्योगले करिब ९ लाख २५ हजार लिटर दुध दैनिक संकलन गर्छन् ।
डीडीसीले दैनिक १ लाख २५ हजार लिटरको हाराहारीमा दुध संकलन गर्दै आएको पौडेलले बताए । सो दुधको प्रतिलिटर ७० रुपैयाँका दरले १ सय १० दिनको रकम भुक्तानी नहुँदा डीडीसीले मात्रै करिब ९६ करोड २५ लाख रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी हुन्छ ।
पौडेलले निजी क्षेत्रका डेरी उद्योगले एक दिनमा करिब ८ लाख लिटर दुध संकलन गरेको बताए । आठ लाख लिटर दुधको प्रतिलिटर ७० रुपैयाँका दरले करिब १ सय १० दिनको भुक्तानी ६ अर्ब १६ करोड रुपैयाँ हुन आउँछ ।
पौडेलका अनुसार डीडीसी र निजी डेरी उद्योगले ९ लाख २५ हजार लिटर दुधको रकम किसानलाई भुक्तानी गर्न बाँकी देखिन्छ । सो बराबर दुध प्रतिलिटर ७० रुपैयाँका दरले १ सय १० दिनको करिब ७ अर्ब १२ करोड २५ लाख रुपैयाँ हुन आउँछ ।
यता, राष्ट्रिय दुग्ध विकास बोर्डले देशभरका किसानलाई सरकारी स्वामित्वमा रहेको डीडीसी लगायत निजी क्षेत्रका साना, मझौला र ठुला गरी ६ सय दुग्ध उद्योगले करिब साढे दुई अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी भएको जनाएको छ ।
यस्तै, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर बहादुर कुँवरले मोटामोटी ४ देखि ५ अर्ब दुधको रकम किसानले भुक्तानी पाउन नसकेको बताए । उनले भने, ‘ठ्याक्कै यति रकम भुक्तानी हुन बाँकी छ भन्न सकिँदैन तर मोटामोटी ४ देखि ५ अर्ब रुपैयाँ किसानले पाउन सकेका छैनन् ।’
कुँवरका अनुसार देशभर दुध उत्पादन गरी बेच्ने १ हजार ८ सय ७५ वटा सहकारी छन् । संघमा ८ सय ३३ सहकारी आवद्ध भएका छन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...