मिसन ८४ को रोइलो छोडेर ओलीले थाले मध्यावधिको कुरा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

मिसन ८४ को रोइलो छोडेर ओलीले थाले मध्यावधिको कुरा

काठमाडौं । एमाले अध्यक्ष केपी ओली मिसन ८४ को कुरा छोडेर अहिले मध्यावधि चुनावको चर्चा गर्न थालेका छन् । ओलीले पार्टीको छैटौं केन्द्रीय कमिटी बैठकमा अकस्मात् मध्यावधि चुनावको प्रसंग निकाल्दा सहभागी नेतासमेत छक्क परेका थिए ।

ओलीले भनेका थिए, ‘देशमा जुन खाले राजनीतिक, साँस्कृतिक र आर्थिक विचलन बढ्यो, त्यसलाई हेर्ने हो भने हामी मिसन ८४ भन्दै टुलुटुलु हेर्दै बस्ने कुरा आउँदैन । सत्ता गठबन्धनले यसैगरी असक्षमता देखाउँदै गयो भने हामी मध्यावधि चुनावसम्म जानलाई पनि तयार हुनुपर्छ ।’

एमाले त एमाले थियो यता नयाँ दल रास्वपा पनि ओलीकै बोली चोचो मिलाउँन थालेको छ । संसदको चौथो ठूलो दल भएर पनि सभापति रवि लामिछानेले महोत्तरी पुगेर मध्यावधि चुनावको प्रसंग निकालेका छन् ।

ठूला दलहरुभित्र रडाको मचिएको भन्दै परिस्थितिले बीचैमा मध्यावधिमा जानपनि तयार बसौं भन्दै भाषण दिन थालेका छन् । तर, प्रचण्ड सरकार ढल्ने अवस्था नबन्दै, हालकै संसदले सरकार दिन सक्ने अरु विकल्प हुँदाहुँदै ओली र लामिछाने किन मध्यावधिको सम्भावना देखिरहेका छन् त यो भने बेमौसमी बाजा भनेर चर्चा हुन थालेको छ ।

तर ओली र रविको बोलीमा आएको एकरुपताले भने गुप्त–कसरत भईरहेको छ भनेर पनि चर्चा भएको छ । एमालेको बैठकमा उपस्थित एक नेताले भने ओलीबाट आकस्मिक रुपमा मध्यावधि चुनाव चर्चा हुँदा पार्टी नेतृत्वपंक्ति नै चकित भएको सुनाए ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २२, १९: ३०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २२, १९: ३०

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष २२, १९: ३०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...