कोशी प्रदेशमा सिटौलालाई कति सहज यस्तो छ आकडा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कोशी प्रदेशमा सिटौलालाई कति सहज यस्तो छ आकडा

काठमाडौं । माघ ११ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा अन्य तर्फ तीन जना र महिला तर्फ दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

एक जना महिला र एक जना अन्य गरी दुई पदका लागि सत्तारुढ गठबन्धनबाट अन्य तर्फ नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला र महिला तर्फ नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले उम्मेदवारी दिएका हुन ।

यता एमालेले अन्य तर्फ भोजपुरका परशुराम अधिकारी र महिला तर्फ रुक्मिणी कोइरालाले उम्मेदवारी दिएका छन् । राप्रपाले अन्य तर्फ उद्धव पौडेललाई उम्मेदवार बनाएको छ । उम्मेदवारी दर्तापछि नेपाली कांग्रेसका उम्मेदवार सिटौलाले आफ्नो उम्मेदवारी मापदण्ड अनुसार सर्वसम्मत भएको बताए ।

उनले गठबन्धनका उम्मेदवारलाई जिताउन सबै एक जुट भएर लाग्न आग्रह गरे । गएको प्रतिनिधि सभाको निर्वाचनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित नेता सिटौला राष्ट्रिय सभा सदस्य मात्र नभइ सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभाको अध्यक्ष बन्ने गरी चुनावी प्रतिस्पर्धामा छन् ।

हालका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिलसिनाको कार्यकाल आउदो फागुन २० गते सकिदै छ । गठबन्धनका महिला उम्मेदवार कार्की माओवादी केन्द्रको केन्द्रीय सदस्य एवम् ओखलढुंगा जिल्ला इन्चार्ज हुने् ।

कार्कीले जनयुद्धको क्रममा बायाँ हात गुमाएकी छन् । उनले २०५६ मा माओवादी प्रवेश गर्नुअघि नेकपा एमालेबाट २०५४ सालमा ओखलढुङ्गाको तत्कालीन मूलखर्क गाविस वडा नं ६ को महिला सदस्य थिइन् ।

एमालेबाट उम्मेदवार अधिकारी पूर्व माओवादी नेता हुन् । उनी एमालेको केन्द्रिय सदस्य हुन । माओवादीमा रहँदा बादल निकट थिए । यस्तै एमालेबाट महिला तर्फ उम्मेदवार बनेकी कोइराला एमाले कोशी प्रदेशकी सदस्य हुन् ।

कोशी प्रदेशमा रहेको मतभार विश्लेषण गर्दा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेता सिटौला र कार्की दुबै जित नजिक देखिन्छन् ।

कुल १० हजार १ सय ३५ मतभार रहेको कोशी प्रदेशमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसको ३ हजार ७ सय २२, नेकपा माओवादी केन्द्रको १ हजार २ सय ७८, नेकपा एकीकृत समाजवादीको ३ सय ४५ र जनता समाजवादी पार्टी १ सय २९ रहेको छ ।

गठबन्धनको कुल मतभार ५ हजार ४ सय ७४ रहेको छ । त्यस्तै प्रदेशमा एमालेको मतभार ४ हजार २ सय १० र राप्रपाको मतभार ३ सय ९४ रहेको छ । प्रदेशमा स्वतन्त्र मतदाताको मतभार ५७ रहेको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २३, २०: ०५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २३, २०: ०५

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष २३, २०: ०५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...