खुकुरी प्रहारबाट चक्रवर्ती कलेजका अध्यक्ष घाइते, नर्भिकमा उपचार गरिँदै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

खुकुरी प्रहारबाट चक्रवर्ती कलेजका अध्यक्ष घाइते, नर्भिकमा उपचार गरिँदै

 

काठमाडौं । बिजुलीबजारस्थित चक्रवर्ती कलेजका अध्यक्ष देवेन्द्र भण्डारीमाथि उनका आफ्नै छोराले खुकुरी प्रहार गरेका छन् । सोमबार राति ११ बजे समूहसहित कलेज प्रवेश गर्न खोजेका देवेन्द्रलाई भित्र रहेका छोरा निरजसहितको समूहले आक्रमण गरेको थियो। प्रहरीले निरजसहित आक्रमणमा संलग्नलाई पक्राउ गरेको जनाएको छ ।

उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार छोरा निरजले आफू कलेजको अध्यक्ष भएको दाबी गर्दै बाबु देवेन्द्रलाई प्रवेश गर्न नदिएपछि केही दिनदेखि विवाद सुरु भएको थियो। भण्डारी बाबुछोराबीच कलेज व्यवस्थापनको विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ ।

यसअघि विद्यार्थी भर्ना र महँगो शुल्कका कारण चक्रवर्ती कलेज विवादमा आउने गरेको थियो । कलेज व्यवस्थापनले मनपरी शुल्क वृद्धि गरेपछि विद्यार्थीसमेत आन्दोलित हुँदै आएका छन् ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २४, १४: ४६

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष २४, १४: ४६

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० पुष २४, १४: ४६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...