टकरन्यूज डट कोलेले सार्वजनिक गरेको सूचीअनुसार नेपालको यती एयरलाइन्स विश्वमा ‘चढ्न जोखिम’ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

टकरन्यूज डट कोलेले सार्वजनिक गरेको सूचीअनुसार नेपालको यती एयरलाइन्स विश्वमा ‘चढ्न जोखिम’

काठमाडौं । नेपालको यती एयरलाइन्स यात्रुलाई अति जोखिम हुने विमान कम्पनीभित्र परेको छ । विश्वका तीन एयरलाइन्सभित्र सन् २०२४ मा नेपालको यती पनि अति जोखिम हुने विमान कम्पनीमा परेको हो ।
सुरक्षा मापदण्ड अपुग, अदक्ष चालकदलका कर्मचारीहरु हुनु, नियामक एकदमै कमजोर भएकाले यतीलाई जोखिम कम्पनीको सूचीमा राखिएको हो ।
टकरन्यूज डट कोले सार्वजनिक गरेको सूचीअनुसार यतीका दुर्घटनाका इतिहासले गर्दा चढ्न नहुने भनिएको छ । एयरलाइन्स रेटिङको तथ्यांकलाई आधार मानेर चढ्न नहुनेको सूची बनाइएको हो । सात स्टारमा तीनभन्दा कम नतिजा ल्याउनेलाई उढ्न नहुनेमा राखिन्छ ।
टकरन्यूज डट कोले उल्लेख गरेको समाचारअनुसार नेपालको यती एयरलाइन्सलाई यसरी व्याख्या गरेको छ ‘ नेपालमा सञ्चालित यति एयरलाइन्सले हिमालयको उपस्थिति लगायत खतरनाक मौसम र खतरनाक उडान अवस्थाका लागि परिचित क्षेत्रमा उडान गर्ने अनौठो चुनौतीहरूको सामना गरिरहेको छ।
नेपालको समग्र उडान सुरक्षा कार्यसम्पादन औसतभन्दा माथि भए पनि यति एयरलाइन्सले गम्भीर चिन्ता व्यक्त गर्दै धेरै घातक दुर्घटनामा संलग्न भएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ले नेपालको हवाई सुरक्षा मापदण्डमा रहेका कमीहरू पहिचान गरेको छ, जसले देशको हवाई यात्रा सुरक्षा सुधार गर्न प्राथमिकताका साथ सहयोगको लागि आह्वान गरेको छ।’

 

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २४, १६: ३५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २४, १६: ३५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष २४, १६: ३५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...