
काठमाडौं । कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित अम्बरबहादुर विष्टलाई राप्रपाले कारबाही गर्ने भएको छ । राप्रपाको तर्फबाट सत्ता गठबन्धनसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समेत समर्थनमा सभामुख बनेका विष्टलाई राप्रपाले कारबाही गर्ने भएको हो ।
केन्द्रीय पदाधिकारी बैठकको निर्णयविपरीत कोशीको सभामुख बनेको भन्दै विष्टलाई राप्रपाले कारबाही गर्ने भएको हो ।
‘पदाधिकारीमध्ये ९५ प्रतिशतले कोशीको सभामुखमा उम्मेदवारी दिन नहुने मत राखेका थियौं’, राप्रपा महामन्त्री धवलशम्शेर राणाले भने, ‘केन्द्रको निर्णयविपरीत उम्मेदवारी दिएकाले उहाँलाई कारबाही हुनसक्छ, हामीले मिल्दै मिल्दैन भनेका थियौं ।’राप्रपा संघीयता र गणतन्त्रको विरुद्धमा भएकाले कोशीको सभामुखमा उम्मेदवारी दिन नहुने राणाको तर्क थियो ।
कोशी राप्रपाको आज बिहान बसेको संसदीय दलको बैठकले भने विष्टलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
मंगलबार बसेको प्रदेशसभा बैठकले विष्टलाई कोशीको सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...