भक्तपुरमा सुरु भयाे भाराेत्तोलन
काठमाडौं । पुरुष तथा महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको सुरु भएको छ । नेपाल भारोत्तोलन संघको आयोजनामा आजदेखि सुरु प्रतियोगिता २६ गते सम्म हुने छ । प्रतियोगितामा विभागीय टिमसहित देशभरका खेलाडी सहभागी भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले गर्दै खेलमा राजनीति हुनु गलत भएको बताए । मध्यपुरथिमी नगरपालिकास्थित थिमी वैक्वेटमा सुरु भएको प्रतियोगिता आइडब्ल्युएफ, एडब्ल्युएफ र एनडब्ल्युएको नियमअन्तर्गत संचालन भइरहेको छ ।
जुनियर तथा सिनियर पुरुषमा ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२, १०९ वजन समूहका खेलाडीको सहभागिता रहेको छ भने जुनियर महिलामा ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र युथ महिला ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ वजन समूहमा प्रतिस्पर्धा भइरहेको भारोत्तोलन संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।
आजको प्रतियोगितामा विभिन्न देशमा भएका गेममा सहभागि भएर मेडल प्राप्त गरेका खेलाडीहरुलाई नगत तथा प्रमाण पत्रले सम्मान गरिएको थियो । यस्तै युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र त्यसभन्दामाथि पनि प्रतिस्पर्धा भइरहेको छ ।
जुनियर र सिनियर महिला पूरुषतर्फ स्वर्ण, रजत र कांस्य ९० गरी दुई सय सत्तरी थान मेडल गरी कुल ५४० थान पदकको प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको राशी ८६ लाख रहेको आयोजकले जनाएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...