
काठमाडौं । विवादास्पद तपस्वी रामबहादुर बम्जनको घरमा तीन करोड र लाखौं विदेशी मुद्रा फेला परेको छ ।
मंगलबार राति बुढानीलकण्ठको हात्तीगौँडास्थित घरबाटै पक्राउ परेका लिट्टील बुद्धका नामले चिनिने बम्जनको घरबाट प्रहरीले अहिलेसम्म हजारका गड्डीका तीन करोड ३० लाख र विदेशी मुद्रा फेला पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ।
‘बम्जनको घरबाट बरामद नेपाली रुपैयाँ सबै हजार हजारको गड्डीहरू तीन करोड ३० लाख ७५ हजार गनेर सकियो । अब बरामद भएको विदेशी पैसा गन्न बाँकी छ। डलर लगायत अरू पनि करेन्सी छन्, १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ । तपस्वीको घरबाट करोडौं रुपैयाँ फेला पर्नुलाई आश्चर्य मानिएको छ ।
बम्जनविरुद्ध अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र ज्यान मार्ने कसुरको अभियोग छ। लामो समयदेखि बम्जनलाई आज अदालतबाट म्याद थप गराई थप अनुसन्धान गर्ने प्रहरीले तयारी गरेको छ । ४ वर्षको निरन्तर खोजीपछि बम्जनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । प्रहरीको खोजी सूचीमा रहेका उनलाई मंगलबार मात्रै प्रहरी पक्राउ गर्न सफल भएको हो । उनको बारा, सर्लाही, सिन्धुली र सिन्धुपाल्चोकमा आश्रम छ । ती आश्रमले सयौं रोपनी सरकारी जग्गा हडपेको बताइन्छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...