सूचना तथा सञ्चार मन्त्री शर्माले एकै दिन किन ? हटाइन् सञ्चार सचिव राउत र प्राधिकरण अध्यक्ष खनाललाई पदबाट – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सूचना तथा सञ्चार मन्त्री शर्माले एकै दिन किन ? हटाइन् सञ्चार सचिव राउत र प्राधिकरण अध्यक्ष खनाललाई पदबाट

 

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माको कार्यशैलीअहिले धेरैनै विवादास्पद र आलोचित बनेको छ । सञ्चार मन्त्रालय मातहतका निकायमा जति विवाद अन्य सरकार कार्यालयमा देखिएको छैन । त्यसमाथि पनि सञ्चार मन्त्रालयसँग सम्बन्धित खरिद र सरुवा बढुवामा धेरै नै विवाद देखिएको छ ।

खासगरी सञ्चारमन्त्री शर्माले राखेका सल्लाहकारमा बिचौलिया धेरै भएकाले गरेका निर्णय विवादमा परेका हुन् । सञ्चार मन्त्रालय र मातहतका कार्यालयमा कसलाई ल्याउने, कसलाई हटाउने भन्ने निर्णय मन्त्री शर्माका सल्लाहकारले गर्दै आएका छन् । त्यही कारण अहिले पछिल्लो समय सञ्चार सचिव कृष्ण राउत र दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल कोपभाजनमा परेका छन् ।

मन्त्री शर्माले एकै दिन सञ्चार सचिव राउत र प्राधिकरण अध्यक्ष खनाललाई पदबाट हटाउन सफल भएकी छन् । खनाललाई मंगलबार दबाब दिएर राजीनामा दिन लगाइयो । आफ्नो सचिवालयका एक कार्यकर्तालाई प्राधिकरणको अध्यक्ष बनाउने रणनीतिअनुसार नै खनाललाई पदबाट हटाइएको स्रोतले बतायो । अहिले प्राधिकरणको निमित्त अध्यक्ष कृष्ण अधिकारीलाई बनाइएको छ ।

शर्माले मंगलबार नै सञ्चार सचिव राउतको सरुवा गरेकी छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राउतलाई हटाएर रामकृष्ण सुवेदीलाई सञ्चार सचिवमा ल्याएको छ । सुवेदी माओवादी निकट हुन् । रावत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पुगेका छन् ।

सचिव राउत र प्राधिकरणका अध्यक्ष खनाल रहँदासम्म आफ्नो स्वार्थ पूरा हुने नदेखेपछि दुवैलाई हटाइएको माओवादीमा चर्चा छ ।

 

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २५, १०: ४६

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २५, १०: ४६

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २५, १०: ४६

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...