
काठमाण्डौं । भारतले दश बर्षमा आफूले लगानी गरेका विद्युत आयोजनाको मात्रै बिजुली लैजाने हो वा अरुले लगानी गरेका आयोजनाको पनि किन्न तयार भएको हो ? भन्ने विषयमा धेरै आशंका गरिएको छ । भारतले विशेषगरी चिनियाँ लगानी र चिनियाँ निर्माण कम्पनीले बनाएका आयोजनाको बिजुली किन्न आनाकानी गर्दै आएको छ ।
संसदीय समितिको बुधबारको बैठकमा प्रधानमन्त्रीले नेपालमा उत्पादित विद्युत् खरिद गर्नका लागि भारतलाई मनाउने प्रयास भइरहेको प्रधानमन्त्रीले जानकारी गराएका छन् । भारतीय विदेश मन्त्री एस जयशंकरको केही दिन पहिलेको नेपाल भ्रमणका क्रममा दीर्घकालीन विद्युत् सम्झौता भएको प्रधानमन्त्रीले बताए ।
भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् लिने सम्झौता गरेको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा जानकारी गराएका थिए ।
भारतको लगानीको मात्रै लिने सम्झौता नेपालले गरेको छैन । नेपालले जुनसुकै देशलाई पनि विद्युत् उत्पादन गर्नसक्ने व्यवस्था रहेको छ । भारतले चिनियाँ लगानीका मात्र होइन, चिनियाँ ठेकेदारले बनाएका आयोजनाको विद्युत पनि किन्न मानेको छैन । नेपालको प्रस्तावअनुसार नेपालको लगानी रहेका करिब साढे ४ सय मेगावाट बराबर आयोजनाका बिजुलीले अहिलेसम्म अनुमति पाएका छैनन् । अमेरिकी लगानीको भोटेकोशीकै बिजुली पनि भारतले रोकेको छ । प्रधानमन्त्री दाहालले चिनियाँ कम्पनीले उत्पादन गरेका विद्युत् परियोजनाको विद्युत् पनि खरिद गराउनका लागि प्रयास भइरहेको र त्यसको परिणाम छिट्टै आउने बताए । ग्लोबल टेन्डरबाट चिनियाँ कम्पनीले पाएका परियोजनाको विद्युत् भारतले किन्नुपर्ने विषयमा छलफल भइरहेको उनको भनाइ थियो ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...