
काठमाडौँ । सरकारले एनसेलको शेयर खरिद विक्री भएको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिको म्याद थप्ने । मन्त्रिपरिषद्को बैठकले समितिको म्याद माघ १५ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
पूर्व महालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा रहेको समितिलाई छानबिनको लागि दिइएको समयावधि मङ्गलवार सकिएको थियो । गत मङ्सिर २१ मा बसेको मन्त्रिपरिषद् बैठकले एनसेल खरिद–बिक्रीमाथि छानबिन गर्न समिति गठन गरेको थियो । २४ मङ्सिरदेखि काम सुरु गरेको समितिले अहिलेसम्म छानबिन टुङ्गो लगाउन सकेको छैन ।
समिति संयोजक नै यति बेला विदेश भ्रमणमा छन् । आइतबार बेलायत उडेका संयोजक शर्मा शुक्रवार मात्रै स्वदेश फर्किँदै छन् । समितिले नेपाल राष्ट्र बैङ्क, कम्पनी रजिस्ट्रारको कार्यालय लगायतका निकायसँग कागजात माग गरेकोमा जवाफ नआएकाले छानबिनमा ढिलाइ भएको बुझिएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...