नेपालको अर्थतन्त्रमा गतिःविश्व बैंक – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेपालको अर्थतन्त्रमा गतिःविश्व बैंक

 


काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रले गति लिने प्रक्षेपण गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनले गत आर्थिक वर्षको तुलनामा नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार हुने अनुमान गरेको हो ।
खुकुलो मौद्रिक नीति र आयात प्रतिबन्ध खुला गरिएको कारण देखाउदै विश्व बैंकले नेपालको अर्थतन्त्रमा सुधार देखिने प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनका अनुसार चालु आवमा नेपालले ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान छ । यो बृद्धिदर गत आर्थिक वर्षको भन्दा १ दशमलव ९ प्रतिशतले बढी हो ।
सुधारको अनुमान गरिएको दक्षिण एसियाली अर्थतन्त्र पनि चुनौतीविहीन भने नरहेको प्रतिवेदनले उल्लेख गरेको छ । खास गरी मध्यपूर्वमा देखिएको विवाद तथा द्वन्द्वका कारण ऊर्जा र खाद्यको मूल्य बढ्ने तथा विकसित अर्थतन्त्रको नीतिगत दर बढ्न सक्ने कारण त्यसको जोखिम दक्षिण एसिया क्षेत्रले पनि बेहोर्नुपर्ने अवस्था आउन सक्ने अनुमान गरिएको छ ।
दक्षिण एसियाली क्षेत्रका लागि सन् २०२४ मा आन्तरिक माग नै अर्थतन्त्र सुधारको मुख्य निर्धारक हुने अनुमान गरिएको छ ।
विश्व अर्थतन्त्र विगत ३० वर्षकै सबैभन्दा सुस्त गतिमा रहेकाले सन् २०२४ मा विश्वको अर्थतन्त्र २ दशमलव ३ प्रतिशतको औसत वृद्धिदरमा रहने अनुमान विश्व बैंले गरेको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २६, १०: ४७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २६, १०: ४७

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २६, १०: ४७

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...