
काठमाडौँ । बिहीबार बसेका कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा एमालेका सचेतक महेश बर्तौलाले पीडितलाई केन्द्रमा बनाएर कानून पारित गर्नुपर्ने एमालेको धारणा राखेका हुन् । उनले विधेयकका कतिपय प्रावधानले पीडितलाई झनै पीडा दिने भएकाले एमाले सहमत नहुने बताए ।
प्रमुख विपक्षी नेकपा एमालेले पीडित मैत्री व्यवस्था हटाइए आफ्नो असहमति रहने प्रष्ट पारेको छ । सङ्क्रमणकालीन न्याय निरूपणका लागि कानून पारित गर्ने तयारी भइरहेका बेला एमालेले यस्तो बताएको हो ।
उनले भने, ‘कानून बनाउने आफ्नै प्रक्रिया छन् । सरकार पक्ष बहुमतमा छ । यी विषयहरू हामी सहमतिमा टुङ्ग्याउन सक्छौँ, यदि भएन भने प्रक्रियामा जान सक्नु हुन्छ । हामी हाम्रा मान्यता र असहमति राखेर अघि बढ्छौँ । तर मान्छेहरूलाई के नपरोस् भने हिजो टाउकाको मूल्य तोक्ने र तोकिपाउने दुवै जना सरकारमा हुनुहुन्छ । मिलीजुली कानुन बनाए, भनेर बाहिर समाजमा नजाओस् भन्ने कुरामा हामी सचेत छौँ ।
एमालेलाई टीआरसी विधेयक पारित गर्न अवरोधक बनेको भनेर बाहिर प्रचार गरिएकोमा उनले आपत्ति जनाए । विधेयक निर्माणको प्रक्रियामा आफ्ना विमति राखेर पीडितको पक्षमा उभिने तर प्रक्रियामा अवरोध नगर्ने समेत उनले प्रष्ट पारे ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...