काँग्रेस तयार नभएपछि समाजवादी मोर्चामा परिणत – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

काँग्रेस तयार नभएपछि समाजवादी मोर्चामा परिणत

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनलाई संयुक्त मोर्चामा बदल्न काँग्रेस तयार नभएपछि समाजवादी मोर्चा बनेको छ । केन्द्रीय समितिको चौथो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा मोर्चा कार्यगत एकताको लागि मात्रै भएको उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘गठबन्धनलाई दिगो बनाउँदै अगाडि बढ्न त्यसलाई कार्यगत एकतामा मात्र सीमित नगरी संयुक्त मोर्चाको रूपमा विकास गर्न सकिएको भए अझ राम्रो हुन्थ्यो । तर, नेपाली काँग्रेस त्यस रूपमा अगाडि बढ्न तयार छैन ।’

उनले चारदलीय समाजवादी मोर्चाले संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षताविरूद्ध भइरहेको प्रतिक्रान्तिकारी गतिविधिविरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र विकासका लागि नागरिक सभाको आयोजना गर्ने तयारी भइरहेको समेत बताएको छ ।

राष्ट्रिय सभाको निर्वाचनलगत्तै नागरिक सभा पश्चात् देशका मुख्य–मुख्य सहरहरूमा जनसभाका कार्यक्रमहरू समेत आयोजना गर्ने सहमति रहेको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २७, १३: २१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २७, १३: २१

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २७, १३: २१

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...