पौडेलको कमाण्डमा १८८ जना शान्ति सैनिक कङ्गो प्रस्थान – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पौडेलको कमाण्डमा १८८ जना शान्ति सैनिक कङ्गो प्रस्थान

काठमाडौँ । मिसनमा सहभागी नरसिंहदल गणको २९ औँ डफ्फालाई बदली गर्न महावीर शौर्य गण (रेञ्जर) को ३० औँ डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरू शुक्रबार मिसन इलाका प्रस्थान गरेका हुन् । उक्त टोलीको नेतृत्व प्रमुख सेनानी प्रेमप्रसाद पौडेलले गरेका छन् ।

नेपाली सेनाले मध्य अफ्रिकी मुलुक कङ्गोमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघको मिसनमा तैनाथ आफ्ना सैनिकहरूको अदलीबदली गरेको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्रसंघको स्थिरीकरण मिसन (मोनुस्को) मा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको हो ।

मिसनमा आफ्नो कार्यकाल पूरा गरेको नरसिंहदल गणको २९ औँ डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरू सेनानी कमल थापाको नेतृत्वमा शुक्रबार नै स्वदेश फर्किएका छन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हाल मोनुस्को मिसनमा नेपाली सेनाका १ हजार १५२ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

राष्ट्र संघको आह्वानमा नेपाली सेनाले आफ्नो तर्फबाट द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ फौज पठाउँदै आएको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २७, १५: ११

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २७, १५: ११

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष २७, १५: ११

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...