लकडाउन बैशाख ३ सम्म, सरकार भन्छ, ‘संक्रमणको जोखिम कायमै’ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

लकडाउन बैशाख ३ सम्म, सरकार भन्छ, ‘संक्रमणको जोखिम कायमै’

काठमाडौँ: सरकारले बैशाख ३ गते सम्म लकडाउनको अवधि बढाउने निर्णय गरको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले थप ८ दिन लकडाउन बढाएको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लकडाउन लम्ब्याएर कडाईका साथ पालना गराउनुपर्नेमा जोड दिएका थिए। लकडाउन बढाए पनि संक्रमणको जोखिम कायम नै रहेको सरकार स्वयम् ले जनाएको छ।

यधपी, अत्यावश्यक सामग्रीको लागि आवागमन भने सरकारले यथावत गरेको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले चैत्र ११ बाट १८ सम्म लकडाउनको घोषणा गरेको थियो। स्थानीय स्तरमा कोरोना संक्रमितको संख्या बढे संगै चैत्र १८ गते अघिनै लकडाउन चैत्र २५ गते सम्मलाई बढाएको थियो भने आज बसेको मन्त्रिपरिषदको बैठकले बैशाख ३ सम्म लकडाउनको अवधि लम्ब्याउने निर्णय गरको हो। यो अवधिमा धेरै भन्दा धेरै परीक्षण गर्ने पनि सरकारले जनाएको छ ।

कैलालीमा व्यक्तिबाट समुदयमा भाइरस फैलिएसंगै नेपाल अब संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ। हालसम्म नेपालमा ९ जना कोरोना संक्रमित छन्।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७६ चैत्र २४, १५: ०१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७६ चैत्र २४, १५: ०१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७६ चैत्र २४, १५: ०१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...