कैलालीको विकासमा संघीय सरकारले साथ दिन्छः उपप्रधानमन्त्री खड्का – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कैलालीको विकासमा संघीय सरकारले साथ दिन्छः उपप्रधानमन्त्री खड्का

कैलाली । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कैलालीको सत्ती भन्सारमा क्वारेन्टाइन स्थापनाका लागि पहल गर्ने बताएका छन् । टीकापुरमा आयोजित सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको उद्घाटन गर्दै उनले क्वारेन्टाइन स्थापनाका लागि आफू लागिपर्ने बताएका हुन् ।

महोत्सवले विकाससँगै सहकार्यमा जोड दिने बताउँदै रक्षामन्त्री खड्काले टीकापुर सुन्दर र आर्थिक सम्भावना बोकेको सहर भएकाले केन्द्रबाट बजेटको पहल गर्ने बताए । सङ्घीय सरकार नागरिकको साथमा रहने भन्दै उनले भने “यो महोत्सवले कृषक, उद्यमी, व्यवसायी, कलाकार सबैलाई एकै ठाउँमा जुटाइ सहकार्यका लागि नयाँ ठाउँ पहिल्याउने छ ।”

महोत्सवअन्तर्गत प्रदर्शनीमा राखिने कृषि तथा औद्योगिक उत्पादनले वस्तु चिनाउन र बाह्य बजार विस्तारमा सहयोग पुग्ने भन्दै महोत्सवले बहुमूल्य वस्तुको पहिचान र बजार विस्तारमा सहयोग हुने बताए ।

मेला महोत्सवले साना तथा मझौला उद्योग विस्तार गर्न सहयोग पुग्ने बताए । वाणिज्य सङ्घले विसं २०६५ देखि टीकापुरमा महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवमा दुई सय स्टलका साथै रमाइलो मेला र स्थानीय कला र संस्कृति झल्कने विभिन्न प्रदर्शनी राखेको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २७, २०: ५५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २७, २०: ५५

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष २७, २०: ५५

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...