अध्यादेश अधिनायकबाद सोच र संविधानको भावना विपरित भएको कांग्रेसको ठहर – Naya Bikalpa
September 20, 2026, Sunday      Epaper

अध्यादेश अधिनायकबाद सोच र संविधानको भावना विपरित भएको कांग्रेसको ठहर

काठमाडौं । नेपाली कांग्रेसले संविधानको मर्म र भावना विपरीत अधिनायकवादी सोचका साथ ल्याएको अध्यादेशलाई जनताको जीवनप्रतिको उदासिन ब्यवहार र लोकतान्त्रिक संविधानका लागि अशुभ संकेतका रूप भएको ठहर गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ सत्तारुढ नेकपाको सचिवालय बैठकलाई छलेर एकलौटी ढंगले अध्यादेशमार्फत राजनीतिक दल सम्वन्धि कानून र संवैधानिक परिषदको गठन सम्वन्धि कानुनलाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरी प्रमाणित गर्नको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेका थिए ।
प्रधानमन्त्री ओलीको यस्तो अप्रत्यासित र आकश्मिक निर्णयलाई लिएर सत्तारुढ नेकपा भित्र तिब्र आलोचना भइरहँदा प्रमुख प्रतिपक्षी दल कांग्रेसको मंगलबार बसेको पदाधिकारीको बैठकले कोरोनाको संक्रमणका विरुद्ध सिंगो देश एक ढिक्का रहेर लडिरहेको र अझ शसक्त भएर लड्नुपर्ने बेलामा
अध्यादेशमार्फत लोकतान्त्रिक संविधानलाई असफल बनाउने षडयन्त्रमा सरकार लागेको ठहर गरेको हो ।
‘जनता लक डाउनमा कष्टकर स्थितिमा छन्, स्वास्थकर्मी र सुरक्षाकर्मी अत्यावश्यक सामग्रीको अभावमा जोखिमपूर्ण ढंगले कोरोनासंग जुधिरहेका छन्, यस्तो बेला लोकतान्त्रिक संविधानलाई असफल बनाउने षड्यन्त्र गरिनुलाई कम्युनिष्ट सरकारको नियोजित नियत ठहर गर्दछौं । यस्तो निर्णयको प्रतिवाद गर्ने एवम् सबै राजनैतिक दल, संघसंस्था, नागरिक समाज, आमसंचारका माध्यम र समस्त नेपालीलाई अपील गर्दछौं’, कांग्रेसद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

पदाधिकारी बैठकले संवैधानिक परिषद् सम्बन्धि अध्यादेशले संविधानको त्यो मर्म र भावना एवम्
परिषदको गरिमामय भूमिकालाई समाप्त गर्ने उदेश्यले ल्याइएको अध्यादेश फिर्ता लिन सरकार समक्ष
माग गरेको छ ।

राजनैतिक दल सम्बन्धि ब्यवस्थाको अध्यादेशले संविधान निर्माण गर्दाको मर्मलाई समाप्त गरेर
अस्थिरताका लागि मार्ग प्रशस्त गर्ने उदेश्यले अध्यादेश ल्याइएको भन्दै कांंग्रेसले कोरोनासंग संगठित
ढंगले लड्नुपर्ने बेलामा कुनैपनि राजनैतिक दल विभाजन गर्न सहज हुने प्रावधान ल्याइनु
षड्यन्त्रपूर्ण भएको ठहर गरेकाो छ ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
  • २०७७ बैशाख ९, १२: १५

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
  • २०७७ बैशाख ९, १२: १५

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...

एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
  • २०७७ बैशाख ९, १२: १५

काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...