काठमाडौँ- सरकारले लकडाउनलाई बैशाख २५ गते सम्म निरन्तर गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन २५ गते सम्म लम्ब्याउने र अन्तर्राष्ट्रिय उडान बैशाख ३१ गते सम्म रोक्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रि के. पी. शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमण अझै कायम नै रहेकोले अवस्था अझै खतरामुक्त नभैसकेकोले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । सरकारले यसघि चार पटक लकडाउनको समय थपिसकेको अवस्थामा यो पाँचौं पटक थप गरेको हो । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले संक्रमण नियन्त्रण गर्न सफल भएको भन्दै एक साता लकडाउनलाई निरन्तरता दिन सरकारलाई सुझाएको थियो भने सरकारले थप दस दिन लम्ब्याउने निर्णय गरेको हो ।
यधपी, उदयपुर र झापामा संक्रमितहरुको संख्या दिन प्रति दिन बढ्ने क्रम जारि छ । कोरोनाको हटस्पटको रुप बनेको उदयपुरबाट संक्रमण झापाको दमक सम्म पुगेको अवस्थामा संक्रमण नियन्त्रणमा रहेको भन्न मिल्दैन ।हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । तसर्थ, सरकारले अब लकडाउन मात्र बढाउने भन्दा पनि यहि अवस्थामा मुलुकलाई अब अगाडी बढाउने नीति बारे अबलम्बन गर्न जरुरि भैसकेको छ ।
गत चैत्र ११ बाट सुरु भएको लकडाउन सुरु गरेको थियो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...