सुदूरपश्चिममा जनता आवास कार्यक्रम बजेटको अभावले अलपत्र – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सुदूरपश्चिममा जनता आवास कार्यक्रम बजेटको अभावले अलपत्र

धनगढी । सुदूरपश्चिममा संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको जनता आवास कार्यक्रम अलपत्र परेको छ । कार्यक्रम कार्यान्वयनको जिम्मा पाएको शहरी विकास तथा भवन कार्यालय धनगढीले प्रदेश सरकारले पर्याप्त बजेट नपठाएपछि जनता आवास कार्यक्रम कार्यान्वयनमा लैजान सकेको छैन ।

आर्थिक वर्ष २०७८/७९ मा कैलालीमा ४६० र कञ्चनपुरमा ५७५ गरी जम्मा एक हजार ३५ घर लाभग्राहीलाई हस्तान्तरण गरेको भएपनि चालु वर्षमा पर्याप्त बजेट नआएपछि कार्यक्रम अलपत्र परेको हो । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त नगरपालिकाका १२ वडामा कार्यक्रम सञ्चालन गर्न शहरी विकास तथा भवन कार्यालय धनगढीलाई यो वर्ष १५ लाख बजेट मात्र पठाएको छ ।

भीमदत्त नगरपालिकाका १ देखि १० तथा १७ र १९ नम्बर वडामा लागु हुनेगरी प्रदेश सरकारले बजेट पठाएको भए पनि पर्याप्त नहुँदा कार्यान्वयनमा लैजान सक्ने अवस्था नरहेको शहरी विकास तथा भवन कार्यालयका प्रमुख महिम बोहराले बताए ।

सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७६/७७ मा कोरोना भाइरसको संक्रमणका कारण घरधुरी छनौट गर्न नसकेको भन्दै सहरी विकास तथा भवन निर्माण कार्यालयले दोस्रो वर्ष छनौट गरेको थियो । त्यो बेला जनता आवास कार्यक्रमका लागि प्रदेश सरकारले १० करोड ८१ लाख रुपैयाँ विनियोजन गरेको थियो । यो वर्ष भने सरकारले प्राथमिकतामा नराखेपछि बजेट अभाव हुँदा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण बनेको हो ।

सम्बन्धित समाचार

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १८, १२: ५३

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ १८, १२: ५३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ १८, १२: ५३

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...