गुमनाम भएको बाँसबारी छालाजुत्ता कारखाना एकाएक चर्चामा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

गुमनाम भएको बाँसबारी छालाजुत्ता कारखाना एकाएक चर्चामा

काठमाडौं । गुमनाम भएको बाँसबारी छालाजुत्ता कारखाना एकाएक चर्चामा आएको छ । कारखानाको सरकारी जग्गा हडप्नेहरु पक्राउ परेसँगै आज चर्चा भएको हो ।

२०४९ मा कारखाना नै बन्द भएको बाँसबारी छालाजुत्ता कारखना पुनः संचचालनमा आएर हैन छालाजुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेपछि चर्चा चुलीएको हो । चौधरी पश्चिम नवलपरासी–१ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद विनोद चौधरीका कान्छो भाइ हुन् ।

बाँसबारीमा २०२१ सालमा छालाजुत्ता कारखाना खुल्यो । कारखानामा २०४४ मा चौधरी ग्रुपको प्रबेश भएको देखिन्छ । २०४४ मा बाँसबारी छालाजुत्ता कारखानामा सियो बनेर प्रवेश गरेको चौधरी ग्रुप फालीमा परिणत भयो २०४९ मा बाँसबारी छाला जुत्ता कारखाना नै बन्द भयो ।

चौधरी समूहले सरकारसँग मिलेर २०४४ मा बाँसबारी छालाजुत्ता कारखाना सञ्चालन भएकै कम्पाउण्डमा अर्को कम्पनी पनि स्थापना गर्यो । सो कम्पनी ‘च्याम्पियन फुटवेयर लिमिटेड’ हो ।

च्याम्पियन फुटवेयरमा चौधरी ग्रुपको २५ प्रतिशत र ७५ प्रतिशत सरकारको लगानी रहेको थियो । ७५ प्रतिशत लगानी गरेको सरकारले बाँसबारी छालाजुत्ता कारखाना संचालक समितिको निर्णयबाट सुरुमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा १० रोपनी जग्गा पास गराएको पाइएको छ ।

सरकारको नामबाट हडपेर लगेको भनिएको १० रोपनी जग्गामा अहिले चौधरी ग्रुपले ‘चाँदबाग स्कुल’ सञ्चालन गरिरहेको छ । पुरानो बाँसबारी छालाजुत्ता कारखानाको नामको सो जग्गा च्याम्पियन फुटवेयर लिमिटेड हुँदै अहिले चाँदबाग रेसिडेन्सी प्रालिमा लगिएको केन्द्रीय अनुसन्धान ब्यूरोकी सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।

२०७५ मा जग्गा चाँदबाग रेसिडेन्सी प्रा।लिमा रुपान्तरण भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । चाँदबाग रेसिडेन्सी प्रा। लिका अध्यक्ष संजय ठाकुर हुन् । महोत्तरी घर भएका आम्रपाली कन्स्ट्रक्सनका संचालक समेत रहेका ठाकुरलाई पनि आजै पक्राउ गरिएको एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

सम्बन्धित समाचार

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १८, २०: ३८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ १८, २०: ३८

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ १८, २०: ३८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...