
काठमाडौं । संक्रमणकालीन न्यायका विषयमा एमालेले आफ्नो अडान कायमै राखेको छ । संसदमा बहुमतका आधारमा भन्दा पनि सहमतिका आधारमा टीआरसी पास गर्नुपर्ने एमालेको जोड छ ।
एमाले अध्यक्ष केपी ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पारित गर्नुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।
ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सन्दर्भमा छलफल भएको बताए । विधेयकलाई राम्रोसँग छिटो टुंग्याउने बारेमा प्रधानमन्त्रीसँग छलफल गरिएको उनले जानकारी दिए । ‘शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने सन्दर्भमा अहिले विधेयकमा छलफल भइरहेको छ, समितिमा । अलिक त्यसलाई राम्रोसँग मिलाएर छिटै टुंग्याऔँ भन्ने छलफल भएको हो,’ उनले भने, ‘टीआरसीको बारेमा एमालेको अडान यथावत् छ । राम्रो बनाएर सहमतिले पास गरे हुन्छ ।’
पीडितमैत्री विधेयक बनाउनुपर्ने एमालेको अडान छ । तर प्रधानमन्त्री प्रचण्डसहितका माओवादी नेताहरू संसदमा भोटिङका आधारमा टीआरसी टुंग्याउनुपर्ने पक्षमा देखिएका छन् ।
यसैबीच, एमालेले शनिबारदेखि संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुवै दिन बस्ने सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार बैठक संसद भवनको ल्होत्से हलमा बस्नेछ ।
आगामी सोमबारदेखि बस्ने संसद्को हिउँदे अधिवेशनका विषयमा छलफल गर्न एमालेले दलको बैठक बोलाएको हो । एमाले संसदीय दलको बैठकमा टीआरसी विधेयकबारे छलफल हुने नेताहरुको भनाइ छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...