नेपालको प्रदर्शनी कमजोर बन्दै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेपालको प्रदर्शनी कमजोर बन्दै

काठमाडौं । भारतका कप्तान उदय सहारान र सचिन दासले आईसीसी यू–१९ विश्वकपमा नेपालविरुद्ध उत्कृष्ट शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका छन् ।

टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ३९ ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको छ ।

भारतका सचिन दास ७४ बलमा ७ चौका र २ छक्कासहित ७८ रनमा क्रिजमा छन् । त्यस्तै उदय सहारान ७६ बलमा ६ चौकासहित ६४ रनमा खेलेका छन् ।

चौथो विकेटका लागि सचिन र उदयले १४८ रनको साझेदारी गरि सकेका छन् ।

नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर गुल्शन झाले दिलाएका थिए । गुलशनले पाँचौं ओभरको पहिलो बलमा भारतका ओपनर आदर्श सिंहलाई २१ रनमा उत्तम थापामगरबाट क्याच आउट गराएका थिए ।

तीव्र गतिका बलर आकाश चन्दको १४ औं ओभरको अन्तिम बलमा ओपनर आर्शिन कुलकर्णी आउट साइड एज लागेर विकेटकिपर उत्तम थापा मगरबाट क्याच आउट भए । उनले ३० बलमा २ चौका प्रहार गरे ।

त्यसअघि वाइड हुनु अघि नेपालले १४ औं ओभरको पाँचौं बलमा रन आउटको रुपमा विकेट प्राप्त गरेको थियो । प्रियान्शु मोलियालाई १६ रनमा रन आउट गरेको थियो ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ १९, १७: १४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ १९, १७: १४

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ १९, १७: १४

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...