नरहरिनाथ गाउँपालिकाले भातमै दुई करोड ५० लाख खर्च गर्यो, कागजात मिलाउन जनप्रतिनीधिको जम्बो टोली राजधानी पुग्यो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नरहरिनाथ गाउँपालिकाले भातमै दुई करोड ५० लाख खर्च गर्यो, कागजात मिलाउन जनप्रतिनीधिको जम्बो टोली राजधानी पुग्यो

काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिकाले एक वर्षमा दुई करोड ५० लाखको भात र खाजा खाएको छ । आर्थिक वर्ष २०७९, ०८० मा दुई करोड ५० लाखको भातमा खर्च भएको हो ।

एक वर्षको अवधिमा कर्मचारी र जनप्रतिनीधिहरुले दुुई करोड पचास लाखको भात र खाजा खाएको महालेखा परीक्षकको प्राराम्भीक प्रतिवेदनले जनाएको छ । महालेखा परीक्षकको कार्यालयले ३५ दिनकोे समयसिमा दिएर सम्परीक्षण गर्न गाउँपालिकामा पठाएको फाइल प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महालेखाले प्रत्येक वर्षको चैत्रमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । गाउँपालिकाको सबै शाखा र वडा कार्यालयको खाना तथा खाजा खर्चमा दुई करोड ५० लाख खर्च हुनु स्वाभाविक भएको गाउँपालिका प्रवक्ता प्रदीप बोहराले बताए ।

प्रतिवेदन अनुसार ‘बिबिध खर्चःस्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधि औचित्यताको आधार बिबिध खर्च गर्नुपर्ने व्यवस्था रहेको छ ।

यस स्थानीय तहले यो वर्ष खाना खाजा लगायतका बिबिधतर्फ मात्र २ करोड ५० लाख खर्च गरेको छ भने खर्चका प्रमाण हेर्दा बिल मात्र आएको देखिन्छ र त्यस प्रकारको खर्च बिभिन्न वडा तथा पालिकाका बिषयगत शाखाका कार्यक्रम भएको पालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ १९, २०: २२

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ १९, २०: २२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ १९, २०: २२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...