दाङ । सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । लमही भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ५ कमलरोड नजिक रोल्पादेखि घोराही जाँदै गरेको पिकअप भ्यान र पश्चिम देखि पूर्व जाँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक राप्ती गाउँपालिका ८ पिपरी निवासी २७ बर्षिय सुनिल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गम्भिर अवस्थामा चौधरीलाई उपचारको लागी लमही अस्पताल लगिएको थियो । चिकित्सवकले मृत घोषणा गरेका थिए ।
पिकअप भ्यानका चालक शुद्वोधन गाउँपालिका(२ बस्ने आस्वीन सुनार पनि घाइते भएका छन् । उनको भैरहवामा उपचार भइरहेको छ । मृतक मोटरसाइकल चालकको शव लमही अस्पतालको शव गृहमा राखिएको छ । तीब्र गतीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...