डोटी । भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
घाइते हुनेमा डोटीको आदर्श गाउँपालिका २ कुचेडा बस्ने शेर बहादुर बोहराको श्रीमती वर्ष २४ कि देउसरा बोहरा हुन ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टका अनुसार घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा भालुले आक्रमण गरी बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको छ ।
घाइते महिलालाई मौवा स्वास्थ्य चौकीमा उपचार गरी थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...