धनकुटा । नेपाली कांग्रेसका नेता प्रतिनिधि सभाका सदस्य डा. सुनिल शर्माको गुटरहित भ्रष्टाचार मुक्त स्वच्छ र सशक्त कांग्रेस निर्माण गर्न शुरु गरेको देश दौडाहा अभियानले सगरमाथा अञ्चलमा नयाँ उर्जा थप्दै सम्पन्न भएको छ ।
सिराहाबाट शुरु भएको अभियान सप्तरी, ओखलढुंगा, सोलुखुम्बु र खोटाङ्गमा पुगेर सम्पन्न भएको हो । डा. शर्माको नेतृत्वमा प्रदेश सासंद तथा कांग्रेस भोजपुरका सभापति बिनोद वान्तवा, धनकुटाका सभापति दिनेश राई, प्रदेश सांसद मान वहादुर लिम्बु, मोरङ्गका सचिव मोदराज घिमिरे, धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, यूवा नेता विवेक लिम्बुलगायत कांग्रेसका यूवा नेताहरुको सहभागीता रहेको थियो ।
कांग्रेस भित्र गुट उपगुट मौलाउदै गएकोले कांग्रेसलाई अहिले तहस नहस बनाउने खतरा बढ्दै गएको र भ्रष्ट नेताहरुको कारण कांग्रेसको बेईजेत भएकोले अव गुट उपगुट रहित कांग्रेस निर्माण गर्न अभियान संचालन गरेको हो । कांग्रेसलाई अब भ्रष्टाचार मुक्त गुटरहित स्वच्छ र बलियो कांग्रेस बनाउन देश दौडाहाले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
काग्रेसको पक्षमा जनलहर आएको कांग्रेस भोजपुरका सभापति बिनोद वान्तावाले वताए । अहिले सम्म १६ वटा जिल्लामा गुटरहित भ्रष्टारमुक्त स्वच्छ र बलियो कांग्रेस निर्माण गर्ने अभियान संचालन भएको र अब बाकी जिल्लामा अभियान संचालन हुने प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले बताए ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...