
धादिङ। नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा झडपको अवस्था सिर्जना भएपछि अधिवेशन नै स्थगित गरेको छ । माघ १९ गतेबाट सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामका विषयमा विवादको अवस्था सिजर्नना हुँदा शनिबार बन्दसत्रमा झडप भएको थियो ।
उक्त झडपमा परेर एमाले कार्यकर्ता सन्तोष हात नै भाँच्चिएको आइतबार विहान बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘माघ २० गते बन्दसत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतङ्कित परिस्थिति देखापर्यो । यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ’, अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष ढुंगेलले जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गीकरण गरी प्रतिनिधिको प्रबन्ध नगरिएको पाइएको पनि बताएका छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...