धादिङमा अधिवेशन विवाद मिलाउन काठमाडौं डाके अध्यक्ष ओलीले नेताहरुलाई – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

धादिङमा अधिवेशन विवाद मिलाउन काठमाडौं डाके अध्यक्ष ओलीले नेताहरुलाई

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला कमिटी धादिङको अधिवेशनमा भएको विवाद समाधानका लागि प्रदेश इन्चार्ज, अध्यक्ष तथा जिल्ला अध्यक्षसहितका नेताहरुलाई काठमाडौँ डाकेका छन् । अध्यक्ष ओलीले नेताहरुलाई काठमाडौँ बोलाएपछि नेताहरु धादिङबाट काठमाडौंतिर हिँडेको स्रोतले जनाएको छ । सोमबार बिहान ८ बजेसम्म प्रतिनिधिहरुलाई अधिवेशन स्थलमै नेताहरुले आग्रह समेत गरेका छन् ।

बागमती प्रदेश इन्चार्ज गुरू बरालसहित प्रदेश अध्यक्ष कैलाश ढुंगेल, अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा, एमाले बागमति प्रदेशका सचिव नवराज सिलवाल, जिल्ला अध्यक्ष भूमि त्रिपाठी लगायतका नेताहरुलाई अध्यक्ष ओलीले काठमाडौँ बोलाएका हुन् ।

एमाले धादिङमा हालका अध्यक्ष भूमि त्रिपाठी र पूर्वप्रदेश सभा सदस्य तथा बागमती प्रदेशका पूर्वराज्य मन्त्री रामकुमार अधिकारीबिच अध्यक्ष चयनका विषयमा विवाद बढेको त्यहाँका एमाले नेता तथा कार्यकताहरुको भनाइ छ ।

सोही विवादको समाधानका लागि आवश्यक छलफलका लागि भन्दै प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहानै अधिवेशन स्थगित भएको विज्ञप्ति जारी गरेका थिए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ २१, १७: १०

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २१, १७: १०

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २१, १७: १०

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...