भूकम्प पुनःनिर्माण सम्बन्धी एकीकृत कार्यविधि बन्दै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

भूकम्प पुनःनिर्माण सम्बन्धी एकीकृत कार्यविधि बन्दै

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी कार्यविधि निर्माणमा जुटेको छ । २०७२सालको भूकम्पपछि बनाइए पनि पछि नयाँ कार्यविधि नबनेकाले यसपटक एकीकृत कार्यविधि निर्माणमा प्राधिकरण जुटेको हो ।

तत्कालीन समयमा पुनः निर्माण प्राधिकरणका धेरै जिम्मेवारी विपद् प्राधिकरणमा हस्तान्तरण गरिएको थियो । त्यसपछि भूकम्प पुनःनिर्माणको कार्यविधि नै नबनेकाले पहिलो पटक कार्यविधि निर्माण हुँदैछ । त्यसबेला सङ्घमार्फत नै पुनःनिर्माणको काम अघि बढाइएको थियो ।

यसपटक स्थानीय तहलाई मुख्य जिम्मेवारी दिएर काम अघि बढाउने गरी कार्यविधि निर्माण भइरहेको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख, सहसचिव भरतमणि पाण्डेले जानकारी दिए । “हामीले स्थानीय तहलाई बढी जिम्मेवार र भूमिका दिने गरी पुनः निर्माणका लागि एकीकृत कार्यविधि अन्तिम चरणमा पु¥याएका छौँ”, उनले भने, “पहिला बनेको कार्यविधिमा प्रदेश, स्थानीय सरकार खासै सहभागी थिएनन् । यसपाली स्थानीय सरकारमार्फत काम गर्नै गरी कार्यविधि अघि बढाएका छौँ ।”

यसपटक प्रबलीकरण, पुनः निर्माण र पुनः स्थापनलाई छुट्टाछट्टै व्यवस्था गरिने जनाइएको छ । कस्तो अवस्थामा प्रबलीकरण हुने, कस्तो अवस्थामा पुनः निर्माण र कस्तो अवस्थामा पुनः स्थापना गरिने भनेर छट्टै व्यवस्थासहितको एकीकृत कार्यविधि तयार पारिने प्राधिकरणले जनाएको छ ।

पुनःनिर्माणको कामसहितको कार्यविधि निर्माणका लागि प्राधिकरणको टोली केहीअघि मात्रै भूकम्प प्रभावित क्षेत्रमा पुगेर सुझाव सङ्कलन गरी फर्किएको छ । स्थलगत अवलोकनपछि आएको सुझावलाई समावेश गरी कार्यविधि निर्माण हुने प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।

कार्यविधि अन्तिम चरणमा रहेकाले चाँडै गृह मन्त्रालयमा पठाइने र मन्त्रालयको राय लिएर कार्यविधिलाई अन्तिम रूप दिने तयारीमा रहेको प्राधिकरणले जनाएको छ । कात्तिक १७ गते आएको जाजरकोट भूकम्पमा ८० हजार घर भत्किएका छन् । अहिले अस्थायी आवास निर्माणको काम जारी रहेको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ २१, १७: ४७

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २१, १७: ४७

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २१, १७: ४७

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...