काठमाडौं । जनमत पार्टीले तत्काल सरकारबाट मन्त्री फिर्ता नबोलाउने भएको छ ।
आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । संघीय सरकारबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको सो पार्टीले जनाएको छ ।
अध्यक्ष सीके राउतले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । पार्टीले आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा
राजधानीमा वृहत् आमसभा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा शरदसिंह यादवले बताए । यसअघि मधेश सरकारबाट जनमत बाहिरिसकेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...