विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्र कायम गर्न संसदमा संकल्प प्रस्ताव दर्ता – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्र कायम गर्न संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौं । नेपालमा दिनप्रतिदिन बढीरहेको बालविवाह रोक्नका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले समाजमा बालविवाह व्याप्त रहेको र विवाह गरेका किशोर किशोरीमा विभिन्न किसिमका पारिवारिक तथा स्वास्थ्य समस्या देखा परेको भन्दै यसको नियन्त्रणका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गरेकी हुन् ।

विवाहपूर्व २० वर्ष पुगेको बालिग प्रमाणपत्र लिएर मात्र विवाह गर्न पाउने व्यवस्था हुनुपर्ने संकल्प प्रस्तावमा छ ।

जन्म दर्ता, नागरिकता र अन्य कागजात राज्यले दिन्छ, त्यस्तै विवाहपूर्व वडाबाट आफू २० वर्ष पूरा भएको बालिग दर्ता पत्र अनिवार्य लिनुपर्ने व्यवस्था गरियो भने बालविवाहलाई नीतिगत तह बाटै रोक्न सकिन्छ भन्ने अपेक्षा गरेर संकल्प प्रस्ताव गरेको उनको भनाइ छ ।

संविधान २०७२ को धारा ३९ को उपधारा ५ मा सानै उमेरमा बालबालिकाको विहे नगर्ने व्यावस्था उल्लेख छ । मुलुकी देवानी संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन २०७५ ऐनले पनि नीतिगत तहमै बालविवाहलाई अस्वीकार गरेको छ ।

तर त्यसको कार्यान्वयन नहुँदा अहिले दिनप्रतिदिन समाजमा विवाह गर्ने कानुनी उमेर नपुगी विवाह गर्नेको संख्या बढ्दो छ । जसका कारण समाजमा दिनप्रतिदिन विवाह भइसकेको किशोर किशोरीहरुबीच कलह बढ्दै जानुका साथै सम्बन्ध विग्रदै जाँदा उनीहरुका बच्चाहरुको भविष्य अन्धकारतिर ढल्किन्छ ।

त्यस्ता समस्याहरुको अन्तयका लागि आगामी दिनमा विवाह गर्नुपूर्व २० वर्ष पुगेको प्रमाणपत्र लिनुपर्ने व्यावस्था लागूगर्न उचित हुने देखिन्छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ २२, १४: १८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २२, १४: १८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २२, १४: १८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...