धनकुटा । संगठन विस्तार तथा सुदृढीकराण् गर्नका लागि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुसंग भेटघट तथा अन्र्तक्रिया र छलफलमा जुटेकाे छ ।
काग्रेस केन्द्रिय सदस्य मघु आचार्य मेची कोशीको जिल्लाहरु प्रमण गर्ने क्रममा आज धनकुटामा आई अत्र्तक्रिया तथा भेटघाटगरी समुदायमा कांग्रेस अभियानमा समेत सहभागी हुभए ।
समुदायमा कांग्रेस अभियान धनकुटा ५ मा व्यापक रुपमा टोल टोलको समुदाय स्तरमा संचालन भैरहेको छ । यसैक्रममा नेपाली कांग्रेस धनकुटाले संचालन गरेको समुदायमा कांग्रेस अभियान अन्र्तगत आज धनकुटा नगरपालिका संयोजकहरुसंग अन्र्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मधु आचार्यले समुदायमा कांग्रेस अभियानले कांग्रेसलाई पुन समुदाय सम्म जोडेको वताउनु भयो । उहाले कांग्रेसलाई यस अभियानले रुपान्तरण गर्ने समेत वताउनु भयो ।
सो अवसरमा नेपाली काग्रेसका पूर्व केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ,संविधान सभा सदस्य लिला सुब्बा,प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य,जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई ,जिल्ला सदस्स्य तथा वडा नं। ५ का संयोजक अम्विका परियार,लगायतले नेपाली कांग्रेस जनताको भरोसाको पार्टी भएकाले जनतासंग वारम्वार जानका लागी समुदायमा कांग्रेस अभियान संचालन गरेको वताए ।
नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं। ५ का सभापति तथा वडाध्यक्ष धन कुमार राईको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य उपसभापति गोविन्द्र राईले र कार्यक्रम संचालन अर्का उपसभापति शम्भु प्रधनले गर्नु भएको थियो । कार्यक्रममा पूर्व जिल्ला सदस्य दिनेश भण्डारी, टोल संयोजकहरु कृष्ण श्रेष्ठ,पुनमजंग राणा,दुर्गा भण्डारी,कार्यपालिका सदस्य कृष्णमाया श्रेष्ठ,समाजसेवी ज्योती प्रधान,आशिष कर्माचार्य,भैरव पाचकोटी लगायतले कांग्रेस सधै जनताका माझमा रहनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा महासमिति सदस्यहरु सिता श्रेष्ठ,सुमना तिम्सिना,प्रदेश कार्य समिति सदस्य उत्तम चौलागाई,निर्वाचित वडा सदस्यहरु दुर्गा शिवा,टिका श्रेष्ठ,सदस्यहरु तारा तिवारी,रमेशभक्त श्रेष्ठ ,जिना श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
समुदायमा कांग्रेस अभियान अन्र्तगत अहिले धनकुटा जिल्लाको ६०वटै वडाहरुमा समुदाय स्तरमा कार्यक्रमहरु भैरहेको र माघ २६ गते पहिलो चरणको कार्यक्रम सम्पन्न हुने नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य मधु आर्चायले आजै नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालयमा नेपाली कांग्रेसका नेता आनन्द सन्तोषी राई महासमिति सदस्य गंगाराम ढुंगाना,उपसभापति निर्मल प्रसाद ओझा,नेपाल तरुण दलका केन्द्रिय सदस्य तिलक महत,युवराज पराजुली,महाधिवेशन प्रतिनिधि खेम पौडेल,नारायण पौडेल,सल्लाहकार धिरेन्द्र मिश्रेलगायतका नेता तथा कार्यकर्ताहरु लगायत कांग्रेसजन संग भेटघाट गर्नु गरी पार्टी संगठन विस्तार र सुदृढीकरणका लागी छलफल गर्नु भएको थियो ।सो अवसरमा केन्द्रिय सदस्य मधु आर्चायका साथ प्रदेश सदस्य उत्तम चौलागाई,नेपाली कांग्रेस तेह्थुम जिल्लाका निर्वतमान सभापति गोविन्द्र ढुंगाना,पूर्व जिल्ला सहसचिव महेन्द्र काफ्ले लगायतका नेताहरुको सहभागीता रहेको थियो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...