सेवाग्राहीलाई अदालतले पाइन्ट खोल्न लगाएको घटना भयो भाइरल, कानून व्यवसायी चकित – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सेवाग्राहीलाई अदालतले पाइन्ट खोल्न लगाएको घटना भयो भाइरल, कानून व्यवसायी चकित

काठमाडौँ । ललितपुर जिल्ला अदालतले एक सेवाग्राहीलाई पाइन्ट खोल्न लगाएको घटना सामाजिक संजालमा भाइरल भएको छ ।

अंश मुद्दाका लागि अदालत पुगेका धरानका सेवाग्राहीलाई च्यातिएको पाइन्टमा भित्र पस्न नपाइने भन्दै पाइन्ट खोल्न लगाएका थिए ।

उनलाई भित्री ट्राउजरमा अदालतमा प्रवेश गराएको अधिवक्ता दिनेश राज सत्यालले बताए । जुन सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ ।

आफ्नो क्लाइन्ट रहेका सेवाग्राही प्रतिउत्तर फिराउने म्यादका लागि आएको र म्याद सकिनै लागेको भनेर अदालत प्रशासन प्रमुख स्रेस्तेदार दुर्गाप्रसाद भट्टराईसँग अनुरोध गरे पनि उनले घर गएर पाइन्ट फेरेर आउन भनेको अधिवक्ता सत्यालले बताए ।

सेवाग्राहीलाई अर्को पाइन्ट किन्न सकिन्छ अहिले भनेर सोध्दा अहिले त किन्न सकिँदैन भन्ने उत्तरपछि आफू किंकर्तव्य विमुढ बनेको बताए ।

सत्यालले आफ्नो १८ वर्ष वकालतमा भट्टराईजस्ता स्रेस्तेदार पहिलो पटक भेटेको बताएका छन् ।

सम्बन्धित समाचार

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ २३, ०९: ४४

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २३, ०९: ४४

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २३, ०९: ४४

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...