झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ। अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी कांग्रेसमा जुझारु र साझा नेताका रूपमा परिचित थिए।
तत्कालीन पञ्चायतकालमा २०४३ सालमा स्वतन्त्र उम्मेदवार बनेर उनी राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका थिए। नेपाली कांग्रेसको समर्थनमा राष्ट्रिय पञ्चायतमा जनपक्षिय उम्मेदवार द्रोणाचार्य क्षेत्रीसँगै उनी झापाबाट निर्वाचित भएका थिए।
बुढाथोकी राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएपछि पञ्चायतमा प्रवेस गरी जलश्रोत राज्यमन्त्री समेत बनेका थिए ।
२०६४ सालमा कांग्रेसका तर्फबाट झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए।
तत्कालीन भुटानका राजा जिग्मे सिग्मे वाङचुक,नेपालका तत्कालीन राजा वीरेन्द्र शाहसँगै दार्जिलिङको सेन्ट जोसेफ कलेजमा अध्ययन गरेका नेता बुढाथोकी पाँच दशकदेखि राजनीतिमा सक्रिय थिए।
२०२४ सालमा विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका उनी पञ्चायतविरुद्धको आन्दोलनका क्रममा नौ महिना जेल पनि परेका थिए।
पञ्चायतकालमा झापा जिल्ला पञ्चायतको सभापति र युवक सङ्गठनको सभापतिसमेत बने । केही समय पञ्चायतको समर्थक र २०४७ देखि २०५० सालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा)मा आवद्ध भएका बुढाथोकी २०५१ पछि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए भने संसदीय निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा गर्दा पराजित भएका थिए।
२०७० पछि उनी सामान्य प्रशासन मन्त्री समेत भएका थिए । विगत दुई सातादेखि उनलाई प्रोस्टेटको समस्या जटिल भएपछि विराटनगरमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
पार्टीभित्र आफ्ना विचार निडर भएर राख्ने र झापाको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनको निधनले कांग्रेसलाई ठूलो क्षति पुगेको पार्टीका जिल्ला सचिव कृष्ण हुमागाईँले बताए।
उनको पार्थिव शरीर आज झापा ल्याइने र शवयात्रासहित कनकाई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...
काठमाडौंः हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र...
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा...