बागलुङका आठ ठूला सडक स्तरोन्नति – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

बागलुङका आठ ठूला सडक स्तरोन्नति

ढोरपाटन।यस वर्ष बागलुङमा आठ वटा ठूला सडक आयोजना स्तरोन्नति हुन थालेका छन् । संघीय सरकारअन्तर्गतका आयोजना सडक डिभिजन कार्यालय बागलुङमार्फत स्तरोन्नति हुन थालेका हुन् ।

‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गतका दुई वटासहित अन्य ठूला छ सडक स्तरोन्नति गर्न थालिएको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इञ्जिनियर अमर अधिकारीले जानकारी दिए।

उनका अनुसार ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत क्षेत्र नं. १ को बागलुङ–सिगाना–बरेङ–शान्तिपुर र क्षेत्र नं. २ अन्तर्गत मल्म–पाण्डवखानी–रणसिंहकिटेनी हुँदै प्यूठान जोड्ने सडक स्तरोन्नति गर्न लागिएको हो ।

जिल्लामा ठूला सडक मानिने बागलु–बेनी सडक, पाखुट्टे–झिम्पा–निसी सडक, सहिद मार्ग, डोठे ताल हुँदै भकुण्डे रायडाँडा हुँदै जैमिनी जोड्ने सडक, बडिगाड–रणसिंहकिटेनी सडक, दमेक–दूर्लेबेसी सडक स्तरोन्नतिका लागि करिब सात करोड विनियोजन भएको इञ्जिनियर अधिकारीले जानकारी दिए ।

अधिकांश ठेक्का सम्झौता भएर काम सुरु हुन लागेको उनको भनाइ छ । सडक फराकिलो बनाउने, नाली निर्माण र कतै ढलान गरिने उनले बताए।

‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत क्षेत्र नं १ को बागलुङ–सिगाना–बरेङ–शान्तिपुरका लागि एक करोड, क्षेत्र नं २ अन्तर्गत मल्म–पाण्डवखानी–रणसिंहकिटेनीका लागि एक करोड, पाखुट्टे–झिम्पा–निसी सडकका लागि ५० लाख, डोठे ताल हुँदै भकुण्डे रायडाँडा हुँदै जैमिनी जोड्ने सडकका लागि एक करोड, बडिगाड–रणसिंहकिटेनी सडकका लागि ५० लाख सहिदमार्ग स्तरोन्नति एक करोड, दमेक–दूर्लेबेसी सडकका लागि एक करोड, बागलुङ–बेनी सडक मर्मतका लागि एक करोड ३३ लाख विनियोजन भएर कार्यान्वयनमा गएको उनको भनाइ छ ।

पालिका केन्द्र गलकोटदेखि पाण्डवखानी रमुवा ३५ किलोमिटर टाढा छ । अहिलेसम्म सडक स्तरोन्नति नहुँदा प्रशासनिक कामका लागि पालिका केन्द्र आउन पाँच घन्टा र जिल्ला सदरमुकाम पुग्न आठ घन्टा लाग्ने स्थानीयवासीको भनाइ छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ २३, १५: ०२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २३, १५: ०२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २३, १५: ०२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...