
काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आगामी १५ औं महाधिवेशनमा पार्टी सभापतिका लागि दाबी गर्ने भएका छन् ।
पछिल्लो समय सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले उक्त जवाफ दिएका हुन्।
कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार हुने सम्भावना कत्तिको छ भन्ने प्रश्नमा डा. कोइरालाले भने, “सम्भावना छ। किन छैन ? नहुने भन्ने के छ?”
यस विषयमा पार्टीका साथीहरूसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने उनको भनाइ थियो। सभापति देउवाले भने यस विषयमा केही नभनेको उनको जिकिर रह्यो।
नेता डा.कोइरालाले भने,‘सभापति हुने इच्छा सबैको हुन्छ। पहिला मैले साथीहरूसँग कुरा गर्नुपर्छ। परिवर्तन चाहन्छन् कि चाहँदैनन्। परिवर्तन चाहँदैनन् भने मलाई सभापति बन्न मन छैन। चाहन्छन् भने अनि मात्रै म सोँच्छु।’
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...